• How to recover from bushfires - अस्ट्रेलिया बुझ्नुहोस्: डढेलो पछि पुन: सामान्य जीवनमा कसरी फर्कने?
    Feb 22 2026
    Australia’s hot, dry climate and unique landscapes make it one of the most bushfire-prone countries in the world. As climate change drives higher temperatures and drier conditions, we can expect more frequent and more intense bushfires in the future. But once the fire is out, how do you return home safely, find support, and look after yourself? - अस्ट्रेलियाको तातो र सुख्खा मौसम तथा अनौठा प्राकृतिक भूभागहरूका कारण यो विश्वका ती देशहरूमध्ये पर्छ, जहाँ ‘बुशफायर’ वा डढेलोको जोखिम धेरै छ। जलवायु परिवर्तनका कारणले बढ्दो तापक्रम र जमिनमा सुख्खापन बढिरहेको हुँदा, भविष्यमा डढेलो बारम्बार लाग्ने र तीव्र रूपमा हुने सम्भावना छ तर आगो निभेपछि सुरक्षित रूपमा घर कसरी फर्किने, आवश्यक सहयोग कहाँबाट पाउने र आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण बन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आपत्कालीन उद्धारदेखि लिएर दीर्घकालीन रूपमा पुनः स्थापनासम्मका लागि चाल्नुपर्ने अत्यावश्यक कदमहरूका बारेमा विशेषज्ञहरूको सल्लाह र सुझावका बारेमा चर्चा गरेका छौँ।
    Show More Show Less
    12 mins
  • How does IVF work in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: 'आईभीएफ' भनेको के हो र यसले कसरी काम गर्छ?
    Feb 13 2026
    Did you know that IVF is not the first, but in fact the last step in a sequence of fertility treatments? In Vitro Fertilisation is regulated by state and territory laws. It can also be expensive and emotionally challenging. Here’s what to expect when aiming to start a pregnancy with IVF in Australia. - के तपाईँलाई थाहा छ, आईभीएफ प्राकृतिक रूपमा गर्भधारण गर्न नसकेको अवस्थामा पहिलो नभएर अन्तिम विकल्प हो? ‘इन भिट्रो फर्टिलाइजेसन’लाई अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशका कानुनहरूले नियमन गर्ने गर्दछन्। यो विधि खर्चिलो भएसँगै अवस्थामा भावनात्मक रूपमा पनि चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले अस्ट्रेलियामा आईभीएफ मार्फत गर्भधारण गर्दै गर्दा ध्यान दिनु पर्ने कुराहरूका बारेमा चर्चा गरेका छौँ।
    Show More Show Less
    10 mins
  • Public transport in Australia: breaking down the basics - अस्ट्रेलिया बुझ्नुहोस्: ‘पब्लिक ट्रान्सपोर्ट’ बारे तपाईँले जान्नै पर्ने कुराहरू
    Feb 12 2026
    Like in most countries, public transport in Australia is the cheapest way to get around. It includes trams, buses, trains and ferry services. And each state or territory has its own transport network. However, navigating Australia’s public transport system with ease requires knowing the basics around how it works and what to expect. - अस्ट्रेलियामा यात्रा गर्न सार्वजनिक यातायात प्रयोग गर्नु सबैभन्दा सस्तो र सरल तरिका हो। ट्राम, बस, रेल र फेरी सेवामार्फत मानिसहरूले नियमित यात्रा गर्छन् र प्रत्येक राज्य र प्रदेशको आफ्नै सार्वजनिक यातायात सञ्जाल छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले अस्ट्रेलियाको सार्वजनिक यातायात प्रणाली कसरी सञ्चालन हुन्छ, टिकट र भुक्तानी प्रणाली के कस्ता छन्, यात्रा गर्दा के-के कुरामा ध्यान दिनुपर्छ र नयाँ आगन्तुकहरूले सजिलै प्रयोग गर्न सक्ने सुविधाहरूबारे चर्चा गरेका छौँ।
    Show More Show Less
    12 mins
  • How to cater for your dietary restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: 'डाएट्री रेस्ट्रिक्सन' बारे तपाईँले जान्नै पर्ने कुराहरू
    Jan 30 2026
    Australia is known as the allergy capital of the world. Our diverse population also means that we express our religious beliefs, ethics, health and personal choices through the food we eat. We called on some experts to help us navigate all the labelling, certifications and resources that can inform our food choices. - अस्ट्रेलियालाई विश्वकै 'एलर्जी क्यापिटल'को रूपमा चिनिन्छ। विविध पृष्ठभूमिहरू समावेश भएको जनसङ्ख्याका कारण आफ्नो धार्मिक विश्वास, नैतिक मूल्य मान्यता, स्वास्थ्यसम्बन्धी आवश्यकताहरू र व्यक्तिगत छनोटहरू खानेकुरा मार्फत व्यक्त गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले खाद्य सामाग्रीका लेबल, प्रमाणीकरण र उपलब्ध स्रोतहरू कसरी बुझ्ने र प्रयोग गर्ने भन्नेबारे खाद्य विशेषज्ञहरूबाट बुझ्ने छौँ, ताकि तपाईँलाई सुरक्षित र सही खानेकुरा छनोट गर्न सजिलो होस्।
    Show More Show Less
    11 mins
  • What actually happened on January 26? - अस्ट्रेलिया बुझ्नुहोस्: ज्यानुअरी २६ को वास्तविकता
    Jan 28 2026
    January 26 is one of the most debated dates in Australia’s history. Often described as the nation’s birthday, the day marks neither the formal founding of the colony nor the creation of the Commonwealth. Instead, it reflects a layered history shaped by colonisation, political decisions, and ongoing First Nations resistance. Understanding what actually happened on January 26 reveals why the date is experienced so differently across the country. - अस्ट्रेलियाको इतिहासमा सबैभन्दा विवादास्पद दिनहरूमध्ये एक हो, ज्यानुअरी २६। प्राय यसलाई देशको जन्मदिनको रूपमा वर्णन गरिन्छ, तर यो दिन न त उपनिवेशको औपचारिक स्थापना भएको दिन हो न त कमनवेल्थ बनेको। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले ज्यानुअरी २६ को ऐतिहासिक पृष्ठभूमि, यस दिनलाई किन सार्वजनिक बिदाको रूपमा मानियो र किन यहाँका विभिन्न समुदायले यसलाई फरक फरक रूपमा बुझ्छन् र अनुभव गर्छन् भन्ने बारे चर्चा गरेका छौँ।
    Show More Show Less
    9 mins
  • Your guide to camping in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँको ‘क्याम्पिङ गाइड’
    Jan 12 2026
    Going camping is an incredible way to experience Australia’s great outdoors whilst also taking a break from technology and daily routines. We unpack the benefits of camping, the preparation required, the equipment you should consider taking, and how to be a considerate camper. - अस्ट्रेलियामा क्याम्पिङ जानु, यहाँको प्राकृतिक सौन्दर्यको अनुभव गर्ने एउटा राम्रो तरिका हो। साथै, यसले प्राविधिक उपकरण र दैनिक जीवनको व्यस्तताबाट केही समयका लागि विश्राम दिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले क्याम्पिङका फाइदाहरू, तयारी गर्दा ध्यान दिनुपर्ने कुराहरू, क्याम्पिङमा के-के सामान लैजानु उपयुक्त हुन्छ र राम्रो क्याम्पर कसरी बन्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।
    Show More Show Less
    9 mins
  • How to cope during a heatwave in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: गर्मीमा तातो हावा वा ‘हीटवेभ’बाट कसरी बच्ने?
    Jan 2 2026
    Summer in Australia can be very hot, and as our climate continues to warm, heatwaves are expected to become more frequent and more intense. In this episode of Australia Explained, we cover what a heatwave is, why they pose such a significant risk to human health, who is at most risk, and how to best prepare to cope with a heatwave. - अस्ट्रेलियामा गर्मीको मौसममा तापक्रम चरम रूपमा बढ्दै गएसँगै तातो हावा चल्ने वा ‘हीटवेभ’को जोखिम हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले हीटवेभ भनेको के हो, मानव स्वास्थ्यका लागि किन खतरा छ, सबैभन्दा बढी जोखिममा को-को पर्छन् र यसबाट जोगिनका लागि कसरी तयारी गर्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।
    Show More Show Less
    10 mins
  • Your first steps to engaging with Indigenous Australians - अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल कम्युनिटीसँग तपाईँले कुराकानी कसरी सुरु गर्ने
    Dec 12 2025
    Connecting with Indigenous Australia can be daunting for a newcomer to the country. So, where do you start? We asked Yawuru woman Shannan Dodson, CEO of the Healing Foundation, about simple ways to engage with First Nations issues and people within your local community. - अस्ट्रेलियाका आदिवासी समुदायका मानिसहरूसँग संवाद स्थापना गर्नु, अस्ट्रेलियामा पहिलो पटक पाइला राख्ने कसैलाई चुनौतीपूर्ण जस्तो लाग्न सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी आगन्तुकहरूलाई आदिवासी समुदायहरूसँग अन्तरक्रिया गर्न, उनीहरूका मुद्दाहरू बुझ्न र आफ्नै समुदायमा उनीहरूसँग मेलमिलाप गर्न मद्दत गर्ने सरल तरिकाहरू बारे चर्चा गर्दै छौँ।
    Show More Show Less
    9 mins