• Is Australian tap water safe to drink?  - अस्ट्रेलिया बुझ्नुहोस्: धारामा आउने पानी कत्तिको पिउन लायक छ?
    Aug 9 2025
    Access to safe drinking water is essential, and Australia’s often harsh environment means that our drinking water supplies are especially precious. With differences in the availability and quality of drinking water across the country, how do we know if it’s safe to drink? In this episode we get water experts to answer this question and more.   - अस्ट्रेलियाको प्रायः कठोर वातावरणले गर्दा यहाँ पिउने पानीको आपूर्तिलाई विशेष महत्त्व दिइन्छ। अनि, पानीको स्रोत, वातावरणीय प्रभाव, वितरणका लागि प्रयोग गरिने पाइपलाइन र प्रशोधनका कारण पानीको उपलब्धता र गुणस्तरमा फरक पर्न सक्छ। तर, हामीले अस्ट्रेलियामा बस्दै गर्दा, धाराबाट आउने पानी पिउन लायक छ कि छैन भनेर चाहिँ कसरी थाहा पाउने त? अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी यसै विषयमा चर्चा गर्नेछौं।
    Show More Show Less
    7 mins
  • Australia’s Indigenous education gap and the way forward - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीको शिक्षामा अन्तर र अबको बाटो
    Jul 28 2025
    Education is a pathway to opportunity, but for too long, Indigenous students in Australia have faced barriers to success. While challenges remain, positive change is happening. In this episode we’ll hear from Indigenous education experts and students about what’s working, why cultural education matters and how Indigenous and Western knowledge can come together to benefit all students. - शिक्षा अवसरको बाटो हो, तर लामो समयदेखि अस्ट्रेलियाका आदिवासी विद्यार्थीहरूले सफलताका लागि अवरोधहरूको सामना गरिरहेका छन्।
    Show More Show Less
    8 mins
  • How is alcohol regulated and consumed in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा मदिरा सेवन बारे कस्ता नियमहरू छन्?
    Jul 19 2025
    In Australia, alcohol is often portrayed as part of social life—especially at BBQs, sporting events, and public holidays. Customs like BYO, where you bring your own drinks to gatherings, and 'shouting' rounds at the pub are part of the culture. However, because of the health risks associated with alcohol, there are regulations in place. It’s also important to understand the laws around the legal drinking age, where you can buy or consume alcohol, and how these rules vary across states and territories. - अस्ट्रेलियामा रक्सीलाई प्राय सामाजिक जीवनको भागका रूपमा चित्रण गरिन्छ- विशेष गरी खेलकुद कार्यक्रम र सार्वजनिक बिदाका दिनहरूमा। तर रक्सी सेवनले व्यक्ति र परिवारमा पार्न सक्ने गम्भीर हानिका बारेमा पनि बुझ्नु उत्तिकै जरुरी छ। अस्ट्रेलियामा मदिरा नियन्त्रणका लागि जटिल कानूनहरू छन्। यसको आपूर्ति र बेचबिखनसँगै कहाँ र कहिले सेवन गर्न मिल्छ भन्ने कुरा बुझ्नु पनि जरुरी छ। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी अस्ट्रेलियाका राज्य तथा प्रदेश पिच्छे मदिरा सम्बन्धी नियमहरू कसरी फरक छन् भन्ने बारेमा चर्चा गर्दै छौँ।
    Show More Show Less
    9 mins
  • Your guide to snow trips in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: हिउँ खेल्न जाँदा तयारी कसरी गर्ने?
    Jul 12 2025
    Australia may be known for its beaches, but its snowfields offer unforgettable winter experiences—whether you're skiing, tobogganing, throwing snowballs, or seeing snow for the very first time. In this episode, we’ll guide you through everything you need to know for a snow trip, from what to pack and where to go, to how to stay safe, warm, and ready for fun. - तपाईँलाई हिउँ कत्तिको मन पर्छ ? चाहे त्यो स्की गर्नका लागि होस्, हिउँको स-सानो डल्लाले एकले अर्कालाई हिर्काउन या त हिउँमा चिप्लन। आकाशबाट हिउँ खसेको पहिलो पटक हेर्न पो खोजिरहनु भएको छ कि? गर्मी महिनामा अस्ट्रेलियाका समुन्द्री तटहरू जस्तै, जाडोमा पनि हिउँमा खेलेर अविस्मरणीय यादहरू बनाउन सकिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो भागमा हिउँ खेल्न जाने ठाउँ जानका लागि आवश्यक पर्ने कुराहरूका बारेमा चर्चा गरेका छौँ।
    Show More Show Less
    9 mins
  • First Nations representation in media: What’s changing, why it matters - अस्ट्रेलिया बुझ्नुहोस्: सञ्चार माध्यमहरूमा आदिवासीको प्रतिनिधित्व किन महत्त्वपूर्ण छ र के परिवर्तन हुँदैछ?
    Jul 5 2025
    The representation of Indigenous Australians in media has historically been shaped by stereotypes and exclusion, but this is gradually changing. Indigenous platforms like National Indigenous Television (NITV) and social media are breaking barriers, empowering First Nations voices, and fostering a more inclusive understanding of Australia’s diverse cultural identity. Learning about these changes offers valuable insight into the country’s true history, its ongoing journey toward equity, and the rich cultures that form the foundation of modern Australia. Understanding Indigenous perspectives is also an important step toward respectful connection and shared belonging. - सञ्चार माध्यमहरूमा आदिवासी अस्ट्रेलियनहरूको प्रतिनिधित्व कम देखिन्छ वा उनीहरूलाई परम्परागत रुढीवादी दृष्टिकोणबाट देखाइन्छ। पछिल्लो समय भने बिस्तारै यसमा परिवर्तन देखिन थालेको छ। नेश्नल इन्डिजिनियस टेलिभिजन (एनआईटीभी) र सोसल मिडियाहरूले त्यस्ता अवरोधलाई तोड्दै आदिवासी समुदायको आवाजलाई सशक्त बनाउँदै लगेका छन्। यसले अस्ट्रेलियाको बृहत्तर सांस्कृतिक पहिचान बनाउन मद्दत गरेको छ।
    Show More Show Less
    7 mins
  • What is Closing the Gap?  - अस्ट्रेलिया बुझ्नुहोस्: ‘क्लोजिङ्ग द ग्याप’ भनेको के हो?
    Jun 6 2025
    Australia has one of the highest life expectancies in the world. On average, Australians live to see their 83rd birthday. But for Aboriginal and Torres Strait Islander peoples, life expectancy is about eight years less. Closing the Gap is a national agreement designed to change that. By improving the health and wellbeing of First Nations, they can enjoy the same quality of life and opportunities as non-Indigenous Australians. - अस्ट्रेलियनहरूको औसत आयु अन्य धेरै मुलुकको तुलनामा बढी रहेको मानिन्छ। यहाँका मानिसहरू सरदर ८३ वर्ष बच्ने गर्दछन्। तर जब यो कुरा आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका मानिसहरूमा आउँछ, उनीहरूको आयु अरूको भन्दा लगभग आठ वर्ष कम छ। क्लोजिङ्ग द ग्याप यस्तो एउटा राष्ट्रिय सम्झौता हो, जसको उदेश्य आदिवासी मानिसहरूको स्वास्थ्य र कल्याणको सुधार गर्दै, अन्य अस्ट्रेलियनहरू जस्तै उनीहरूको जीवनस्तर उन्नति गर्ने हो। त्यसो भए क्लोजिङ्ग द ग्यापको सुरुवात किन र कसरी भयो त?
    Show More Show Less
    6 mins
  • अस्ट्रेलिया बुझ्नुहोस्: को हुन् स्टोलन जेनरेसन्स्?
    Jun 1 2025
    अस्ट्रेलियामा युरोपेली मूलका मानिसहरूको बसोबास सुरु भएसँगै आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका बालबालिकाहरूलाई नियोजित रूपमा उनीहरूका आफन्त र परिवारबाट जबरजस्ती अलग गराइयो, जसका कारण उनीहरूले भोगेको आघात र दुर्व्यवहारले गहिरो घाउ छाडेको छ। भनिन्छ, यो पीडाको प्रतिध्वनि आज पनि पछिल्लो पुस्ता माझ कायमै छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी, उनै ‘स्टोलन जेनरेसन्स्’का पीडित तथा उनीहरूका सन्तानहरूका बारे चर्चा गर्नेछौँ।
    Show More Show Less
    11 mins
  • अस्ट्रेलिया बुझ्नुहोस्: बाढी र आँधीबेहरी पछि कसरी पुनर्स्थापित हुन सकिन्छ?
    May 23 2025
    पछिल्लो समय अस्ट्रेलियाले बारम्बार तीव्र आँधीबेहरी र बाढीको सामना गरिरहेको छ। जसका कारण समुदायलाई यस्ता घटना पछि पुनर्स्थापना हुन वा पहिलेकै अवस्थामा फर्कन लामो यात्रा तय गर्नु पर्ने देखिन्छ। वर्षा वा बाढीको जोखिम कम भएपछि सुरक्षित रूपमा घर फर्कन, सरसफाइ र आवश्यक सहयोग कसरी प्राप्त गर्ने त? अस्ट्रेलिया बुझ्नुहोसको यो भागमा विपदमा चाल्नु पर्ने कदमका बारेमा विज्ञहरूले बताएका छन्।
    Show More Show Less
    9 mins